राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले बहुमतको दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताएका छन्।
शाहीले भने, “जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्। विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग भएर शासन सञ्चालन होस्।” उनले वर्तमान सरकारलाई जनताको आशा र भरोसाको दियो भएको बताए।
साथै उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारका सबै फाइल सार्वजनिक गर्ने विश्वास व्यक्त गरेको समेत उल्लेख गरे।

















प्रतिकृया