बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६.७७ प्रतिशतले घटेर ६ करोड ६३ लाख ५० हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३० करोड ६७ लाख रुपैयाँबाट ०.२२ प्रतिशतले बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १० करोड ४४ लाखबाट घटेर १० करोड ८ लाख रुपैयाँ कायम भएको छ। यद्यपि, मेसिनहरुको मर्मत खर्च बढेकोले कम्पनीको नाफा घटेको हो। कम्पनीको प्रशासनिक खर्च ४ करोड १० लाख र मर्मत तथा सम्भार खर्च १ करोड ४२ लाख रहेको छ ।
चुक्ता पुँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ १५ पैसा छ।















प्रतिकृया