उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच अर्थमन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, र निजी क्षेत्रका लगानीजस्ता विषयमा छलफल भएको थियो।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै आगामी प्राथमिकता आर्थिक समृद्धि रहेको र यसका लागि अमेरिकी सहयोग थप विस्तार गर्न अनुरोध गरे।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देशले आर्थिक समस्याहरू झेलिरहेका बेला नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै, अमेरिका नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिए।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया