नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नराम्रो कामबाट पछाडि परेका, पारिएका नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राम्रो कामका कारण पार्टीमाथि हमला भएको बताए।
उनले भने, “हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका होइनौं। राम्रो कामबाट हामीमाथि हमला भयो। त्यसकारण हामी हतास हुनुपर्ने, हरेश खानुपर्ने, वा मनोबल गिराउनुपर्ने कुनै आवश्यकता छैन। हामी उच्च मनोबलका साथ अगाडि बढ्नु पर्छ। किनभने हामी सत्यको पक्षमा छौं र सत्यको मार्गमा छौं।”
उनले वर्तमान विश्वव्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि चुनौतीपूर्ण रहेको बताए।
अध्यक्ष ओलीका अनुसार,“संस्थाहरू छन्, तर इतिहासमा कहिल्यै भन्दा बढी निष्प्रभावी बन्दैछन्। हाम्रो विश्वव्यापी साझा संस्थाहरू निष्प्रभावी भइरहेका छन्। ‘वर्ल्ड अर्डर’ शब्दकोशमा मात्र सीमित छ; व्यवहारमा विश्वव्यवस्था अब रहेन। यसको प्रभाव विश्व राजनीतिमा अराजकता, न्यायप्रति बेवास्ता, अन्यायपूर्ण व्यवहारलाई सामान्य र स्वाभाविक बनाइरहेको छ।”
अध्यक्ष ओलीले पार्टीविरुद्ध फैलाइएका भ्रम पार्टीवृत्तले चिर्न नसकेको र सामाजिक सञ्जालमा पार्टीको पक्षमा प्रचार गर्न सकिएको नभएको पनि बताए।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया