एमालेका महिला सांसदहरुले दिए ‘साइबर बुलिङ’का विषयमा उजुरी

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
एमालेका महिला सांसदहरुले दिए ‘साइबर बुलिङ’का विषयमा उजुरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् ।

सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरुमार्फत विशेष गरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरु मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।

त्यस्तो व्यवहारले उनीहरुको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स