ओली र लेखक मुद्दामा एमालेले सदनमार्फत् सरकारको ध्यानाकर्षण गरायो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १९ गते
ओली र लेखक मुद्दामा एमालेले सदनमार्फत् सरकारको ध्यानाकर्षण गरायो

प्रतिनिधिसभाको पहिलो बैठकमा  नेकपा (एमाले) का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले  पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराएका हुन् ।

बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराए ।  यही चैत १४ गते नेपाल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई  पक्राउ गरिएको थियो ।

बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स