खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु

खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु

खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

आज अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आज (आइतबार) मात्र हस्तान्तरण गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स