संघीय संसदका दुई समितिको बैठक आज बस्दै छन्।
संसद सचिवालयका अनुसार, दुवै बैठक सिंहदरवारस्थित कार्यालयमा आयोजना हुनेछन्।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८ बजेबाट सुरू हुनेछ, जसमा मधेस, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका हिरासतमा रहेका कैदीबन्दीहरूको बारेमा स्थलगत अध्ययनबारे छलफल हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३:३० बजेबाट सुरू हुनेछ, जसमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिनेछ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया