अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका छन्। उनले टिकटक माथिको प्रतिबन्ध रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।राष्ट्रिय सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको सन्तुलन खोज्नुपर्ने बताएका ट्रम्पले यसलाई राजनीतिक वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
चिनियाँ कम्पनी बाइटडान्सले सञ्चालन गर्ने टिकटकमाथि डाटा दुरुपयोग र चिनियाँ सरकारसँग सम्बन्धित रहेको आरोप छ, जसलाई कम्पनीले अस्वीकार गरेको छ। अप्रिल २०२३ मा राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्न निर्देशन दिएका थिए, अन्यथा प्रतिबन्ध लाग्ने चेतावनी दिएका थिए।
ट्रम्पले टिकटकलाई १७ करोड अमेरिकी प्रयोगकर्तामाझ लोकप्रिय बताउँदै यो एपले युवापुस्ताको समर्थन प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। यो मुद्दाको सुनुवाइ जनवरी १० मा हुनेछ, जबकि सम्भावित प्रतिबन्ध जनवरी १९ देखि लागु हुन सक्छ।
योसँगै ट्रम्पले राजनीतिक वार्ताबाट पनि यो समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। टिकटकमा हुने बहसलाई राष्ट्रिय सुरक्षा खतरा र स्वतन्त्र वाक् अधिकारबीच सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ। यसबाट टिकटक बचाउन सकिन्छ र सरकारको राष्ट्रिय सुरक्षाको चिन्ता पनि हल गर्न सकिन्छ भन्ने मध्यमार्गी बाटो उनले निकाल्न खोजिरहेका छन्।
















प्रतिकृया