पाकिस्तानमा रेल अपहरण: बिएलएका लडाकुहरूले १०० भन्दा बढी यात्रु बन्धक बनाएको दाबी



Advertisement
Ads

पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार बालेच लिबरेशन आर्मी (BLA) का लडाकुहरूले जाफर एक्सप्रेस माथि आक्रमण गरेका छन्। क्वेटाबाट पेशावर गइरहेको यो यात्रु रेल पेह्रो कुनरी र गडालार क्षेत्रको बीचमा गोलीबारीमा परेको हो। आक्रमणमा ट्रेन चालकसहित केही यात्रु घाइते भएका छन्। सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका छन् भने रेलवे अधिकारीहरूले आपतकालीन उद्धार रेल पठाइएको जानकारी दिएका छन्।

बिएलएले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई “रणनीतिक सैन्य कारबाही” भन्दै ट्रेन डिरेल गराएको दाबी गरिएको छ। समूहका अनुसार छ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएका छन् भने १०० भन्दा बढी यात्रु बन्धक बनाइएका छन्। बिएलएको दाबीअनुसार, बन्धकमध्ये सबै सेना, प्रहरी, आतंकवाद विरोधी बल (ATF), र गुप्तचर निकाय (ISI) का सदस्य हुन्, जो छुट्टी मनाउन पंजाब गइरहेका थिए। समूहले चेतावनी दिँदै उद्धार प्रयास भएमा सबै बन्धकको हत्या गरिने धम्की दिएको छ।


Advertisement

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गर्दै आपतकालीन सुरक्षा उपायहरू लागू गरिएको बताएका छन्। उनका अनुसार सेनालाई परिचालन गरिएको छ, र उद्धार टोलीहरू घाइतेहरूको उद्दारमा खटिएका छन्। बलुचिस्तानका अस्पतालहरूमा आकस्मिक सेवा सञ्चालन गरिएको छ।

बलुचिस्तानमा विद्रोही आक्रमणहरू लगातार भइरहेका छन्। बिएलएलगायतका समूहहरूले सरकारी सुरक्षा बल, चीन-पाकिस्तान आर्थिक कोरिडोर (CPEC) परियोजना, र सरकारी पूर्वाधारहरूलाई निशाना बनाउँदै पृथकतावादी संघर्ष जारी राखेका छन्। पाकिस्तानी सेनाले बलुच लडाकुहरूमाथि निरन्तर कारबाही गर्दै आएको छ, जसले पछिल्ला वर्षहरूमा विद्रोही कारबाहीलाई झन् हिंसात्मक बनाएको छ।

(टाइम्स अफ इण्डिया बाट अनूवादित)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर