instainsta

विभिन्न कार्यक्रमहरूका कारण आज काठमाडौंका यी स्थानहरुमा ट्राफिक जाम हुन सक्ने  

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
विभिन्न कार्यक्रमहरूका कारण आज काठमाडौंका यी स्थानहरुमा ट्राफिक जाम हुन सक्ने  
AdvertisementAds

आज बिहीबार बिहानैदेखि काठमाडौंमा सवारी आवागमन निकै असहज बनेको छ। काठमाडौंमा केन्द्रित विभिन्न कार्यक्रमहरूका कारण ट्राफिक व्यवस्थापनमा चुनौती आएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, बिहानदेखि सडकमा भइरहेका कार्यक्रमका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। सैनिक मञ्चमा गणतन्त्र दिवस मनाइँदै भएकाले बिहान राष्ट्रपति कार्यालयदेखि टुँडिखेलसम्म सडक एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो एमाले र राजावादी पक्षका कार्यक्रम हुने भएकाले सवारी मार्गमा आवश्यकतानुसार डाइभर्सन गर्न सकिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार, एमालेलाई दिउँसो २ बजेसम्म प्रदर्शनका लागि समय दिइएको छ भने त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्ने मौका दिइनेछ।

दुवै पक्षका प्रदर्शनहरू काठमाडौंको शान्तिवाटिका, भृकुटीमण्डप, सहिदगेट र रत्नपार्क आसपास केन्द्रित हुने जनाइएको छ। ती क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स