आजको बैठकले ऐतिहासिक निर्णय गर्दैछ, देशभर नयाँ तरंग आउनेछ: महामन्त्री पौडेल

आजको बैठकले ऐतिहासिक निर्णय गर्दैछ, देशभर नयाँ तरंग आउनेछ: महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय गर्ने बताएका छन्।

केन्द्रीय कार्यालय, सानेपामा पहिलोपटक बस्न लागेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएर सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भने, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रीत भएर केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ,’ पौडेलले भने, ‘यो निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्नेछ । निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्नका लागि आजको निर्णय महत्वपूर्ण हुनेछ ।’

उक्त बैठकमा दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरी निर्वाचनमा सक्रिय रुपमा जाने निर्णय गर्ने तयारी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स