५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिने ?

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिने ?

आज पुस १८ गते पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। पाँच कम्पनी सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल (तराई) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सूर्याेदय वोमी लघुवित्त
कम्पनीले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। लघुवित्तले घोषित लाभांश पारितका लागि यही पुस २८ गते आइतबार महालक्ष्मी नगरपालिका वडा नं.–८, लुभु, ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ।

मेरो माइक्रोफाइनान्स लघुवित्त
कम्पनीले चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका गर्नका लागि  कम्पनीको साधारण सभा  माघ ४ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, बिदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे १० बजेदेखि सभा बस्नेछ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स
कम्पनीले चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र ०.०९८२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही पुस २९ गते सोमबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ।

हिमालयन डिष्टिलरी
कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ। यो प्रस्ताव पारितका लागि यही पुस २८ गते आइतबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, विरगन्ज महानगरपालिका वडा नं.–२१, पर्सामा बिहान १० बजेदेखि साधारणसभा बस्दैछ।

बोटलर्स नेपाल (तराई)
कम्पनीले सेयरधनीलाई प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि यही पुस २६ गते शुक्रबार होटल र्याडिसल, लाजिम्पाट, काठमाडौंमा बिहान अपरान्ह १२ बजेदेखि साधारणसभा बस्दैछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स