SHAREHUBSHAREHUB

बजार ‘ग्रीन’ हुदा टीएमएसमा समस्या: सेयर किनबेच गर्न नपाएपछि लगानीकर्ता आक्रोशमा

AdvertisementAds
बजार ‘ग्रीन’ हुदा टीएमएसमा समस्या: सेयर किनबेच गर्न नपाएपछि लगानीकर्ता आक्रोशमा
AdvertisementAds

सेयर बजारमा चुनावी रौनक देखिँदै नेप्से परिसूचक उकालो लागिरहेको बेला ‘डिजी हब’ को व्यवस्थापनमा सञ्चालन भइरहेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा गम्भीर समस्या देखिएको छ।

प्राविधिक गडबडीका कारण झन्डै एक दर्जन ब्रोकर कम्पनीको टीएमएस अवरुद्ध हुँदा आज धेरै लगानीकर्ताहरूले कारोबार गर्न सकेनन्। बजार बढिरहेको अनुकूल समयमा पनि टीएमएस नचल्दा धेरै लगानीकर्ता सेयर बेच्नबाट बञ्चित भएका छन्।

समस्या देखिएका ब्रोकर कम्पनीहरूको टीएमएसमा लगइन नहुने, अर्डर प्लेस नहुने जस्ता समस्या देखिएको लगानीकर्ताहरूले गुनासो गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स