राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
तीनकुनेमा भएको राजावादी प्रदर्शनसम्बन्धी मुद्दामा मिश्रविरुद्ध आज तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुँदैछ। बहसपछि मिश्र पूर्वपक्ष थुनामा पठाउने वा नपठाउनेबारे निर्णय हुनेछ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा राप्रपाका महामन्त्री धवलशमशेर राणा सोमबार साँझ तीन लाख धरौटीमा रिहा भइसकेका छन्।
यही घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने पहिल्यै कारागार चलान भइसकेका छन्।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया