संघीय संसदका तीनवटा समितिको बैठक आज सिंहदरवारस्थित कार्यालयमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति:
यो समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ।
विधायन व्यवस्थापन समिति:
समितिको बैठक दिउँसो १ः०० बजे सुरु हुनेछ। यस बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति:
यो समितिको बैठक पनि बिहान ११ः३० बजे सुरु हुने छ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरू बारे छलफल गरिनेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया