संघीय संसदका तीन समितिको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु



Advertisement
Ads

संघीय संसदका तीनवटा समितिको बैठक आज सिंहदरवारस्थित कार्यालयमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुनेछ।


Advertisement

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति:
यो समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ।


Advertisement

विधायन व्यवस्थापन समिति:
समितिको बैठक दिउँसो १ः०० बजे सुरु हुनेछ। यस बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति:
यो समितिको बैठक पनि बिहान ११ः३० बजे सुरु हुने छ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरू बारे छलफल गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर