आज संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्ने छ।
पहिलो बैठक अर्थ समितिको हुनेछ, जुन बिहान ८ बजे सिंहदरबारमा बस्ने छ। यस बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका बारेमा दफावार छलफल गरिने छ।
दोस्रो बैठक विधायन व्यवस्थापन समितिको हुनेछ, जुन बिहान ११ बजे सिंहदरबारमा बस्ने छ। यस बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफल गरिने छ।
अन्तिम बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हुनेछ, जुन दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। यस बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) को पुनर्निर्माणको प्रगतिको अवस्थाबारे छलफल हुनेछ, र छलफलका लागि शहरी विकास र भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया