insta insta

प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई हटाएपछि यस्तो भन्छन् पूर्व अर्थमन्त्री खनाल

प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई हटाएपछि यस्तो भन्छन् पूर्व अर्थमन्त्री खनाल
Advertisement Ads

पूर्वअर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेको निर्णयको प्रशंसा गरेका छन्।

खनालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रास्वपा र प्रधानमन्त्रीको यो कदम स्वागतयोग्य भएको बताएका छन्। उनले भनेका छन्, “दण्डहीनता विरुद्धको दृढ अडानले शासन पद्धतिको परिपक्वता दर्शाउँछ, जहाँ जबाफदेहिता चयनात्मक नभई एक सैद्धान्तिक र अटल प्रतिबद्धताको रूपमा कायम रहन्छ।”

रास्वपा सभापति रवि लामिछानेले बिहीबारै प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए भने मन्त्री साहले पदमा रहँदा आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै स्वास्थ्य बीमा बोर्डमा आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको देखिएको छ।

सभापति लामिछानेले मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर असर पार्ने निष्कर्षसहित आयोगको प्रतिवेदनसहित कारबाहीको सिफारिस गरेका थिए। यही सिफारिसको आधारमा प्रधानमन्त्री शाहले श्रम मन्त्री साहलाई पदमुक्त गरेका हुन्।

Screenshot 2026 04 09 164229 https://bajarkochirfar.com/this-is-what-then-finance-minister-khanal-says-after-prime-minister-shah-removed-the-labor-minister | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स