नबिल बैंक लिमिटेडले काठमाडौंको तार्केश्वर नगरपालिका–८ स्थित जरखु शाखा स्थानान्तरण गर्ने भएको छ। बैंकले सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको शाखा कार्यालय नजिकैको नयाँ परिसरबाट आगामी असार १५ गते (जुन २९, २०२६) देखि सेवा प्रवाह गर्ने जनाएको हो।
बैंकका अनुसार हाल शिव मन्दिर नजिक रहेको शाखा करिब ३०० मिटर दूरीमा रहेको नयाँ स्थानमा सारिनेछ। स्थानान्तरणपछि शाखा तार्केश्वर नगरपालिका–८ स्थित जरञ्जु मार्ट नजिकबाट सञ्चालन हुनेछ।
बैंकले शाखा स्थानान्तरणसम्बन्धी जानकारी सम्बन्धित सबै ग्राहक तथा सरोकारवालालाई गराएको छ। शाखासम्बन्धी थप जानकारीका लागि ९८४९१०४९७७ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।














![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)


प्रतिकृया