सरकारले ईद उल फितरको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। तर, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै केही बैंकहरूले सीमित शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गरेका छन्।
राष्ट्र बैंकको निर्देशनअनुसार अत्यावश्यक सेवा जारी राख्दै सानिमा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक लगायतका बैंकहरूले सीमित शाखाबाट सेवा दिइरहेका छन्।
सार्वजनिक विदाका कारण अन्य सरकारी कार्यालय, वित्तीय संस्था, सेयर बजार र शैक्षिक संस्थाहरू भने बन्द रहेका छन्।











प्रतिकृया