insta insta

चैत २४ गते सार्वजनिक विदा दिने निर्णय सहित यस्ता छन् मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु

चैत २४ गते सार्वजनिक विदा दिने निर्णय सहित यस्ता छन् मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

मन्त्रीपरिषद्को बैठकले चैत २४ गते (रामनवमीमा) सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। साथै, नेपालको संविधानको धारा ५३ र सुशासन ऐन २०६४ अनुसार सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरिएको छ। शिक्षा क्षेत्रमा सुधारका लागि विश्व बैंकमार्फत प्राप्त हुने अनुदान सहायता सम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

बैठकले विभिन्न पदहरूमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ, जसअन्तर्गत ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्यमा नरेशराज अर्याल, नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापा, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्ट, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रवन्ध सञ्चालकमा यदुनाथ पौडेल, तथा शिक्षक सेवा आयोगको सदस्यमा पवित्रा सुवेदी र रामशरण सापकोटालाई नियुक्त गरिएको छ।

साथै, भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दशौं संस्करणमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाका दुई स्थानमा प्रहरी चौकी भवन निर्माणका लागि १२ रोपनी सरकारी जग्गा स्वीकृत गरिएको छ। नेपाली सेनातर्फ उपरथी पदमा विशेष बढुवा, सहायक रथी पदमा बढुवा तथा पदावधि थप गर्ने निर्णय समेत बैठकले गरेको छ।

cabinate 1932025080126 1000x0 1 e1742368733269 https://bajarkochirfar.com/these-are-the-other-decisions-of-the-council-of-ministers-meeting-including-the-decision-to-declare-a-public-holiday-on-chaitra-24 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स