गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले हिजो पुस २१ गतेबाट सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निष्काशन गरेको छ। कम्पनीले आइपिओ आइतबार (पुस २१ गते) देखि खुल्ला गरेको थियो । जसमा कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो। त्यस्तै, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ।
यस कम्पनीका सेयरधनीहरूमध्ये सबैभन्दा धेरै सेयर दिपक भट्ट र एसजी फिन्कोर्ष प्रा.लि. को स्वामित्वमा रहेको छ। कम्पनीको अध्यक्ष उदिप श्रेष्ठ हुन् जसको ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ। अन्य सञ्चालकहरूमध्ये डा. जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, र त्रिशिला झुनझुनवालाको बराबर रूपमा १० हजार कित्ता सेयर स्वामित्व छ भने प्रमोद प्रसाद भट्टराई स्वतन्त्र सञ्चालकको भूमिकामा छन्।
कम्पनीका संस्थापक दिपक भट्ट सबैभन्दा ठूलो सेयरधनी हुन्, जसको ११ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ। त्यस्तै, एसजी फिन्कोर्ष प्रा.लि. र नेब्बुल्लस क्यापिटल प्रा.लि.ले क्रमशः ११ लाख २५ हजार कित्ता र ६ लाख २ हजार कित्ता सेयर स्वामित्व लिएका छन्। यी दुवै संस्थाहरू काठमाडौं महानगरपालिकामा छन्।
अन्य प्रमुख सेयरधनीहरूमा ३ लाख कित्ता सेयरसहित राज बहादुर शाह, हुलास अटोक्राफ्ट प्रा.लि., र शुभम दुगड रहेका छन्। त्यस्तै, संस्थागत सेयरधनीहरूमा मेटा इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. (१ लाख २५ हजार कित्ता), प्रिन्टसेल इमेजिंग प्रा.लि. (१ लाख १० हजार कित्ता), र लियोन मोटर्स प्रा.लि. (८५ हजार कित्ता) रहेका छन्।
व्यक्तिगत सेयरधनीहरूमा लिला अग्रवाल र सुलोचना अग्रवालले समान रूपमा १ लाख कित्ता सेयर स्वामित्व लिएका छन्। दुवैजना जगदम्बा स्टिल्स लिमिटेडमा १० वर्षभन्दा बढी समयदेखि सञ्चालकका रूपमा कार्यरत छन्। सेयरधनीहरूमध्ये कम सेयर हुनेमा साक्षी बसंल (गुप्ता), आकाशं गुप्ता, र लतिका गोल्याण रहेका छन्। उनीहरुको स्वामित्वमा ७५ हजार कित्ता सेयर रहेको छ।


प्रतिकृया