गरे नहुने केही पनि छैन, मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने र लगानीको मार्ग बनाइदिएको हो: प्रचण्ड



Advertisement
Ads

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले  गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गर्दै उनीहरूको लगानीलाई नेपालमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरेको बताएका छन्।

गोरखाको पालुङ्टार नगरपालिका-१० मा बिहीबारदेखि सुरू भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै प्रचण्डले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो बनाउनुपर्ने समेत आवश्यकता औंल्याएका छन्।


Advertisement

उनले नेपाल प्राकृतिक रूपमा अत्यन्त समृद्ध देश रहेको बताउँदै जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति जस्ता स्रोतहरू प्रशस्त भए पनि देशमा केही छैन भन्ने नकारात्मक धारणा फैलाउने प्रवृत्तिलाई खण्डन गरे। ‘सही दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनकालमै परिवर्तन सम्भव छ,’ उनले भने।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी गरेको दाबी गरे। उनले नेपाललाई लोडसेडिङमुक्त बनाउनुका साथै ‘दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात’ को सम्झौता, निजी क्षेत्रसँग विद्युत् उत्पादन सम्झौता, र सामाजिक सुरक्षा कार्यक्रम जस्ता योजनाहरू अघि बढाएको उल्लेख गरे।

देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरू गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले बैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको उनले बताए। ‘मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो,’ उनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर