अमेरिकाले सबै वैदेशिक अनुदान रोक्यो

अमेरिकाले सबै वैदेशिक अनुदान रोक्यो
AdvertisementAds

अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमवार हस्ताक्षर गरेको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनिएको छ ।

२०२३ मा अमेरिकाले ६८ अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो, जसमा नेपाल १६ औं स्थानमा छ।

आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा रोक लागेको छैन । तर गाजामा मानवीय सहायता र सुडानलगायत विभिन्न देशको भोकमरीको सङ्कटमा सहायता प्रभावित हुने बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स