भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भन्दै फैलाइएको कुरा झूट हो: शेरबहादुर देउवा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भन्दै फैलाइएको कुरा झूट हो: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। उनले एमाले अलग पार्टी भएकाले केही निर्णयमा मतभेद देखिनु स्वाभाविक भएको बताए।

चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ‘टेक एन्ड पे’ व्यवस्था हटाइएपछि बजेट सहजै पास भएको जानकारी दिए। उनका अनुसार, “ठूलो कुरा थिएन, त्यसमा केही असमझदारी मात्र थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुई पार्टी भएकाले असमझदारी देखिनु सामान्य हो।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे उठेको प्रश्नमा देउवाले त्यो बेकारको र झूटा कुरा भएको प्रतिक्रिया दिए।

त्यसैगरी, उनले नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयमै हुने पुष्टि पनि गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स