राष्ट्रपति यून सुक योलले सैनिक शासन घाेषणा गरेपछि दक्षिण कोरियाली सेयर बजारमा पहिरो 

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
राष्ट्रपति यून सुक योलले सैनिक शासन घाेषणा गरेपछि दक्षिण कोरियाली सेयर बजारमा पहिरो 
AdvertisementAds

दक्षिण कोरियामा राष्ट्रपति यून सुक योलले आकस्मिक रूपमा सैनिक शासन घोषणा गरेपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। मंगलबार राष्ट्रपतिले गरेको अप्रत्याशित घोषणासँगै लगानीकर्ताहरूमा अस्थिरता र डर फैलिएको छ, जसले बजारलाई थप कमजोर बनाएको छ।

सेयर बजार परिसूचक एमएससीआई दक्षिण कोरिया ईटीएफ ४ प्रतिशतभन्दा बढीले घटेको छ, जुन यो वर्षकै न्यून हो। त्यस्तै, अर्को परिसूचक फ्र्याङ्कलिन एफटीएसई दक्षिण कोरिया को मूल्य पनि ३ प्रतिशतले तल झरेको छ।

अमेरिकी बजारमा सूचीकृत कोरियाली कम्पनीहरू  कुपाङ र पोस्को होल्डिङ्स को सेयरमूल्य ६ प्रतिशतले घटेको छ भने केटी कर्प र केबी फाइनान्सियल का सेयर क्रमशः ३ प्रतिशत र १ प्रतिशतले घटेको छ।

एजेन्सीहरुको सहयोगमा

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स