गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन्। आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजतन्त्र फर्कन्छ’ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिए।
‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। तर, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन,’ गृहमन्त्री लेखकले भने।
उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजाहरू आफ्नै देशमा स्वतन्त्र रूपमा बस्ने इतिहास विरलै रहेको बताउँदै नेपालको लोकतन्त्र यति उदार र परिष्कृत छ कि फालिएको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरिरहेका छन् भने।
गृहमन्त्री लेखकले लोकतन्त्रको यो उदारपनलाई कमजोरीका रूपमा नलिन आग्रह गर्दै, ‘नेपालमा गणतन्त्र स्थायी भइसकेको छ, यसको विकल्प राजतन्त्र हुन सक्दैन’ भन्ने स्पष्ट सन्देश दिए।















प्रतिकृया