SHAREHUBSHAREHUB

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो

AdvertisementAds
दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो
AdvertisementAds

सेयर बजारमा भ्रामक सूचना प्रवाह गरी कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई शुक्रबार काठमाडौंको चुनदेवी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले जोशी हाइड्रोपावर कम्पनीसम्बन्धी गलत तथा भ्रामक विवरण सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। यसरी उनले करिब ४९ लाख १९ हजार रुपैयाँ बराबरको आर्थिक लाभ लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत कृत्रिम उतार–चढाव गराइएको संकेत धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक छानबिनमा देखिएको थियो। बोर्डको जानकारीका आधारमा सिआइबीले अग्रवालविरुद्ध धितोपत्रसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान अघि बढाएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

एसएसपी श्रेष्ठका अनुसार लगानीकर्तालाई भ्रममा पार्ने उद्देश्यले गलत सूचना फैलाउनु गम्भीर आर्थिक अपराध हो, जसले सेयर बजारको विश्वसनीयतामा प्रत्यक्ष असर पार्छ। घटनासम्बन्धी थप विवरण संकलन भइरहेको सिआइबीले जनाएको छ।

अग्रवाल यसअघि पनि सेयर कारोबारसँग सम्बन्धित विवादमा कानुनी प्रक्रियामा तानिएका थिए।

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स