गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै समस्याको दिगो समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।
मन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको र उक्त समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहने बताए।
गृहमन्त्रीले समितिले तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझाव पेश गर्ने र आवश्यक भए नीतिगत तथा कानुनी सुधारका लागि मस्यौदा समेत तयार गर्ने बताए। सरकारले ती सुझावहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको पनि उनले प्रष्ट पारे।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया