दुई कम्पनीको स्थगित भएको साधारण सभा पुनः बोलाएको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले स्थगित भएको साधारण सभा पुनः बोलाएका हुन्।
दुईपटक स्थगित भएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारण सभा पुनः बोलाएको छ। कम्पनीले माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १९ गते बिहान १० बजे बौद्ध हेरिटेज, काठमाडौंमा सभा आह्वान गर्ने निर्णय गरेको हो। यसअघि गत पुस २८ गते र माघ ८ गतेका लागि डाकिएको सभा स्थगित भएको थियो।
सभामा सहभागी हुन चाहने सेयरधनीहरुले आफ्नो परिचय खुल्ने परिचय पत्र, सेयर अभौतिकिकरण भएको डिम्याट विवरण वा सेयरधनी प्रमाणपत्रको प्रतिलिपी साथमा ल्याउनु पर्नेछ।
त्यस्तै, ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले पनि स्थगित साधारण सभा पुनः आह्वान गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यही माघ १९ गते बिहान ११ बजे भगवतीबहाल, लिसारा रिसेप्सन, काठमाडौंमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो। यो कम्पनीको गत माघ २ गते तय भएको १६ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समिति चयन गर्ने र सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ। साथै, कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१)(ख) अन्तर्गत विशेष प्रस्ताव पारित गरिनेछ।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया