आफ्नैले अन्तर्घात गर्दा २१ निर्वाचन क्षेत्रमा पार्टीले हार्नुपर्‍यो : कांग्रेस

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ८ गते
आफ्नैले अन्तर्घात गर्दा २१ निर्वाचन क्षेत्रमा पार्टीले हार्नुपर्‍यो : कांग्रेस

नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। जारी केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै सानो मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको जनाएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार ५ हजारभन्दा कम मतान्तरले हार भएका करिब २०/२१ क्षेत्रहरूमा अन्तर्घात प्रमुख कारण देखिएको छ भने ३ हजारदेखि ५ हजार मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको कमजोरी पनि देखिएको छ। त्यस्तै ५ हजारदेखि १० हजारसम्मको मतान्तरले हार भएका क्षेत्रमा अन्तर्घात, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’का कारण पार्टी रक्षात्मक बनेको उल्लेख गरिएको छ।

केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै मतदाताको काँग्रेसप्रतिको विश्वासमा समेत कमी आएको संकेत देखिएको उनले बताए। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको विषयलाई गम्भीर रूपमा लिँदै सदस्यता बढ्दै जाँदा पनि मत घट्नु चिन्ताजनक भएको उनले उल्लेख गरे। केन्द्रीय समितिको बैठकमा निर्वाचन समीक्षा, सभापतिको राजीनामासम्बन्धी विषय तथा आगामी दिनमा जनताको विश्वास पुनःआर्जन गर्ने रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स