दि निलय होटल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।
फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते बिहान ११ बजे, धादिङको थाक्रे गाउँपालिकास्थित कम्पनीको होटल कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने वा अन्य वित्तीय साधनमार्फत आवश्यक पूँजी संकलन गर्ने, आवश्यक परे मर्जर प्रक्रियामा जाने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ।
सभाबाट प्रस्तावहरू पारित भए पश्चात कम्पनीले नियामकीय प्रक्रिया पूरा गरी आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया