राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल भोलि फागुन १ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।
संसद् सचिवालयका अनुसार, अब नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक आगामी अधिवेशनमा सँगै बस्नेछ।


प्रतिकृया