सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था गर्न सबै पालिकालाई अनुरोध गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई पठाइएको परिपत्रमा सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न भनेको हो। परिपत्रमा भनिएको छ कि शिक्षा ऐन, नियमावली र प्रचलित कानूनले कुनै शिक्षकको तलब भत्ता रोक्का राख्ने व्यवस्था नहुनु बाहेक शिक्षकले काम गरेबापत मासिक तलब भत्ता पाउने व्यवस्था गर्नु पर्छ।
यसअघि, शिक्षा मन्त्रालयले सबै पालिकालाई पत्र पठाएर मासिक तलब भत्ता भुक्तानी गर्न आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि पालिकाहरूलाई शिक्षकहरूको मासिक तलब निकासा गर्न निरन्तर आग्रह गर्दै आएको थियो। चौमासिक तलब पाउने शिक्षकहरूले लामो समयदेखि मासिक तलबको माग गर्दै आएका छन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया