बन्दीपुर केवलकारको २ लाख ६४ हजार बढी कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

बन्दीपुर केवलकारको २ लाख ६४ हजार बढी कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै
AdvertisementAds

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको लकइन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लकइन अवधि फागुन २९ गते सकिन लागेको हो।

कम्पनीले सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो।

यसअघि, कम्पनीले गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। उक्त आईपीओको बाँडफाँड भदौ ३० गते सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स