प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा दुई महत्वपूर्ण वार्षिक प्रतिवेदन पेश गर्नुका साथै नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ प्रतिनिधिसभामा पेश गर्नेछिन्।

बैठकको कार्यसूचीमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स