instainsta

प्रतिनिधि सभाको बैठक आज बस्दै, केके छन् कार्यसूची ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २२ गते
प्रतिनिधि सभाको बैठक आज बस्दै, केके छन् कार्यसूची ?
AdvertisementAds

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको ३१औँ बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू पेस गर्ने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार कानुन मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सभामा प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

यस्तै, संस्कृति मन्त्री खड्गराज पौडेलले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा श्रम मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धिसम्बन्धी प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स