गृहमन्त्री लेखकले भने, “रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित बनाउन खोजियो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
गृहमन्त्री लेखकले भने, “रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित बनाउन खोजियो”

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गतिविधि भइरहेको आरोप लगाएका छन्। मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछानेका समर्थकहरूले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको बताएका छन्।

गृहमन्त्री लेखकका अनुसार सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा केवल रवि लामिछानेमात्रै नभई अन्य व्यक्ति पनि तानिएका छन्। उनले अनुसन्धानका क्रममा प्रहरी, वकिल कार्यालय र अदालत घेराउ जस्ता गतिविधिहरू विधिको शासनविरुद्ध भएको दाबी गरे।
गृहमन्त्रीले लामिछानेमाथि प्रहरीबाट कुनै अभद्र व्यवहार नभएको र सरकारले मानव अधिकारको रक्षा गर्न गम्भीर रहेको प्रस्ट पारे।

सरकारलाई अस्थिर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै गृहमन्त्रीले यसका लागि कुनै आधार नभएको बताए। उनले सरकारका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध रहेको र प्रधानमन्त्रीले आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। सम्झौताअनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी उनले गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स