मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथासक्य पारित गर्ने प्रयोजनका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
साथै, नेपाल शिक्षक महासंघले उठाएका मागहरूप्रति सरकार संवेदनशील र गम्भीर रहेको जनाउँदै यथोचित मागहरूको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट गरिएको छ।
यस्तै, महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एसइईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को राष्ट्रिय परीक्षा र विद्यार्थी भर्ना जस्ता महत्वपूर्ण शैक्षिक गतिविधिहरू प्रभावित हुने भन्दै सम्पूर्ण शिक्षकहरूलाई प्रदर्शन स्थगन गरी आ–आफ्नो कार्यथलोमा फर्किन सरकारको तर्फबाट अनुरोध गरिएको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया