नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूको ठूलो संख्यामा सरुवा तथा पदस्थापन गरेको छ। प्राधिकरणले २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र आयोजना कार्यालयमा सरुवा गरेको हो।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, उप–प्रबन्धक (तह ९) स्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन्। इन्द्रबहादुर जिसि नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा, उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन्।
यस्तै, सहायक प्रबन्धक (तह ८) र इन्जिनियर (तह ७) तहमा पनि उल्लेख्य सरुवा गरिएको छ। प्राधिकरणले उप–प्रबन्धकदेखि इन्जिनियरसम्मका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई विभिन्न प्रदेश र वितरण केन्द्रमा पुनःव्यवस्थित गरेको हो।





















प्रतिकृया