निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा आयोगले समानुपातिकतर्फका ११० जना सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो। उक्त प्रमाणपत्र आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी तथा निर्वाचन आयुक्तहरू डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले वितरण गरेका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ ६ राजनीतिक दलले सिट प्राप्त गरेका थिए। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९ तथा श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट हासिल गरेका छन्।
यता, प्रत्यक्षतर्फ निर्वाचित १६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिसकिएको थियो।




















प्रतिकृया