राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा बहस सकिएको छ। उक्त रिटमा आजै फैसला आउने सम्भावना रहेको छ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गरेको थियो। यही निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको हो।
सो निणर्य विरुद्ध परेको रिटमा चैत १ गते देखि जारी बहस आज सकिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, टीकाराम भट्टराई, अधिवक्ता आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको थियो ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। त्यस्तै, लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए।
यो मुद्दाको सुनुवाई न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा नियमित सुनुवाई भइरहेको छ ।
















प्रतिकृया