संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरेपछि देश संकटतर्फ धकेलियो: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरेपछि देश संकटतर्फ धकेलियो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशमा निष्पक्ष निर्वाचनको वातावरण बनाउन अझै गम्भीर प्रयास नगरेको बताएका छन्। उनले मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरेपछि देश संकटतर्फ धकेलिएको बताए।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा ओलीले देशमा आएको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको पनि उल्लेख गरे। उनले भने, “एमाले चुनावबाट नभाग्ने भएकाले देशभरि पार्टी चुनावमा केन्द्रित भएको छ र आगामी चुनावबाट एमाले पहिलो शक्ति बन्ने र देशका समस्याहरू समाधान गर्नेछ।”

पूर्वप्रधानमन्त्री ओलीले चुनावमा हुने कुनै पनि प्रकारको धाँधली एमालेलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे। उनले सरकार चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन गम्भीर नभएको दाबी गरे।

कार्यक्रममा सहभागी युवाहरूले अध्यक्ष ओलीसँग विभिन्न जिज्ञासा राख्दा उनले जवाफ दिँदै भने, “कुनै पनि पार्टीको भूमिका र गतिविधि सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भएकाले एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन आवश्यक रहेको बताए।” साथै, उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइएका भ्रममा नपर्न र त्यसलाई चिर्न सक्रिय भूमिका खेल्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स