भर्खरै प्लस टु दिएर बसेका विद्यार्थीहरूका लागि काठमाडौँको नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको छ।
कलेजले आयोजना गरेको उक्त कार्यक्रममा १४ वटा विभिन्न विधामा निःशुल्क तालिम प्रदान गरिने जनाएको छ। कलेजका अनुसार प्रत्येक हप्ता २ वटा तालिम सञ्चालन भइरहेको छ भने ७ हप्ताभित्र सबै १४ वटा तालिम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले डिजाइनिङ, साइबर सेक्युरिटी, कन्टेन्ट क्रिएसन, डाटा साइन्स, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, गेम डेभलपमेन्ट, रोबोटिक्स तथा प्रम्प्ट इन्जिनियरिङलगायतका विषयमा व्यावहारिक तालिम लिन सक्नेछन्।
कलेजले सबै विद्यार्थीलाई सबै प्रकारका तालिममा पहुँच उपलब्ध गराइने जनाएको छ। साथै विद्यार्थीहरूको मनोरञ्जन तथा अतिरिक्त क्षमता विकासका लागि प्रत्येक १५ दिनमा ईसीए गतिविधिसमेत आयोजना गरिने जानकारी दिएको छ।
ईसीए कार्यक्रमअन्तर्गत क्रिक्सल, फ्रिफायर, टेबल टेनिस, ब्याडमिन्टन, ई–फुटबल तथा बास्केटबलजस्ता गतिविधि समावेश गरिएको कलेजले जनाएको छ। आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । थप जानकारीका लागि ९८४००९४११० मा सम्पर्क गर्न सकिनेछ ।


प्रतिकृया