तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले साना तथा सीमान्त किसानहरूलाई लक्षित गर्दै सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने निर्णय गरेका छन्। यस निर्णयले राज्यका हजारौं किसानलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री विजयले सोमबार भएको एक महत्वपूर्ण निर्णयअन्तर्गत ठूला किसानलाई पनि सहुलियतस्वरूप ५ हजार रुपैयाँसम्मको राहत दिने घोषणा गरेका हुन्।
मुख्यमन्त्री कार्यालयका अनुसार यो जानकारी आधिकारिक रूपमा एक्स (Twitter) मार्फत सार्वजनिक गरिएको हो। उक्त निर्णय मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा बसेको समीक्षा बैठकपछि गरिएको हो।
बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारिता मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन लगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सरकारको अनुमानअनुसार यस निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् भने राज्य सरकारलाई करिब २ हजार ४४ करोड ४६ लाख रुपैयाँ अतिरिक्त खर्च व्यहोर्नुपर्नेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया