सिनर्जी पावरको साधारण सभामा रमिता ! फेरि स्थगित, लगानीकर्ता भन्छन्– ‘पुरानो सञ्चालकले सत्ता छाड्न नमानेपछि लफडा’

सिनर्जी पावरको साधारण सभामा रमिता ! फेरि स्थगित, लगानीकर्ता भन्छन्– ‘पुरानो सञ्चालकले सत्ता छाड्न नमानेपछि लफडा’

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा कम्पनी पक्षले निर्वाचन प्रक्रिया अघि बढाउन नचाहँदा दोस्रो पटक पनि स्थगित भएको छ। कम्पनीले आज भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बोलाएको १९औँ वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेको कारण देखाउँदै स्थगित गरिएको कम्पनी सचिवले जानकारी दिए।

तर, सर्वसाधारण लगानीकर्ताहरूले भने पुराना सञ्चालकहरूले कम्पनीमा आफ्नो पकड कायम राख्ने उद्देश्यले निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजेकै कारण सभा जानाजानी स्थगित गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यही उद्देश्यका कारण प्रोक्सीसम्बन्धी विषयलाई पटक–पटक जटिल बनाइएको हो।

सिनर्जी पावरका सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता एभरेस्ट भेन्चरका प्रमुख कार्यकारी अधिकृत तिलक कोइरालाले कम्पनीका सञ्चालकहरूले गैरकानुनी तथा गलत गतिविधि गरिरहेको आरोप लगाए। कम्पनीमा भएका यस्ता गतिविधिका कारण नै सञ्चालकहरूले साधारण सभा सामना गर्न नसकेको उनको भनाइ छ।

619069925 2045151202976489 195131226017896574 n https://bajarkochirfar.com/synergy-powers-agm-postponed-again-investors-say-fight-after-old-director-refuses-to-step-down | %tags

बजारको चिरफारको टोली सभा स्थलमा पुग्दा कम्पनी सचिवले साधारण सभा स्थगित भएको घोषणा गरिरहेका थिए भने सञ्चालक समिति सदस्यहरू ड्यासमा अनुपस्थित थिए। लगानीकर्ताको विरोधका बीच सभा स्थगितको घोषणा गरी कम्पनी सचिव बाहिरिएका थिए। सञ्चालक समितिका अध्यक्ष र निर्वाचन अधिकृतसँग कुराकानी गर्ने प्रयास गर्दा उनीहरू पनि सभा स्थलबाट बाहिरिसकेको जानकारी पाइयो।

‘बजारको चिरफार’सँग कुरा गर्दै कम्पनी सचिवले पुराना सञ्चालकहरू कम्पनीको ऋणमा पर्सनल ग्यारेन्टी रहेको र त्यसकै कारण उनीहरू कम्पनीको जिम्मेवारी दोस्रो बजारका लगानीकर्तालाई हस्तान्तरण गर्न इच्छुक नरहेको आशयको प्रतिक्रिया दिए।

प्रोक्सी विवाद झन् चर्कियो

सभामा निर्वाचन अधिकृतले कति प्रोक्सी मान्य भए र कति अमान्य भए भन्ने स्पष्ट विवरण सार्वजनिक नगरेपछि विवाद थप चर्किएको थियो। निर्वाचन अधिकृतले ४८ घण्टा अघि सम्म कति प्रोक्सी दर्ता भयो, कसको हस्ताक्षर मिलेन भनेर स्पस्ट जानकरी नदिएको र साधारण सभा फेस गर्न छाडेर कम्पनीले गणपूरक संख्या नपुगेको भन्दै बारम्बार साधारण सभा छल्न खोजेको आरोप छ।

सभामा उपस्थित भएका एक लगानीकर्ताले आफुले करिब ६० हजार कित्ताको प्रोक्सी दिएको भए पनि त्यसलाई अमान्य गरिएको जानकारी दिइएको बताए। ‘म आफै यहिं छु, मेरो नाम त प्रोक्सीमा हस्ताक्षर नमिलेको लिस्टमा राखेछन्। मेरो हस्ताक्षर नमिल्ने र सम्भावनै छैन।’ उनी भन्दै थिए।

यसअघि पनि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको थियो। तर त्यतिबेला पनि यस्तै विवाद र गणपूरक संख्या नपुगेको कारण देखाउँदै सभा स्थगित गरिएको थियो।

सञ्चालक छनोटमै प्रश्न

कम्पनीको नियमावलीअनुसार सञ्चालक समितिमा ७ जना सदस्य हुनुपर्ने व्यवस्था छ। तर व्यवस्थापन र हाल कायम पुराना सञ्चालकहरूले ७ जनाको सट्टा ५ जनामात्रै निर्वाचन गर्न खोजेको भन्दै लगानीकर्ताहरू आक्रोशित बनेका थिए।

लगानीकर्ता तिलक कोइरालाले सञ्चालक संख्या घटाउने प्रस्ताव साधारण सभाबाट पारित नगरीकनै ४ जना मात्र निर्वाचित गर्न खोजिएकोप्रति कडा आपत्ति जनाए।

616079167 1148546724022917 767111234857068076 n https://bajarkochirfar.com/synergy-powers-agm-postponed-again-investors-say-fight-after-old-director-refuses-to-step-down | %tags

प्रहरीलाई जानकारी बिना निजी सुरक्षा परिचालन

पहिलो पटक विवादकै कारण सभा स्थगित भएपछि आज दोस्रो पटक साधारण सभा बोलाइएको भए पनि कम्पनीले सम्भावित विवादबारे प्रहरी प्रशासनलाई कुनै जानकारी गराएको थिएन। सभास्थलमा करिब १५ जनाभन्दा बढी निजी सुरक्षा गार्ड परिचालन गरिएको थियो।

616944395 1436969824442920 5683166899862908041 n https://bajarkochirfar.com/synergy-powers-agm-postponed-again-investors-say-fight-after-old-director-refuses-to-step-down | %tags

पछि सर्वसाधारण लगानीकर्ताले १०० नम्बरमा फोन गरी प्रहरी बोलाएपछि मात्र प्रहरी टोली स्थलमा पुगेको थियो। उपस्थित प्रहरीले अन्य कम्पनीहरूले यस्ता कार्यक्रमका लागि पहिले नै प्रहरी कार्यालयमा निवेदन दिने गरेको तर आज सिनर्जी पावरले साधारण सभाका लागि प्रहरी सुरक्षासम्बन्धी कुनै निवेदन नदिएको जानकारी दिएको एक लगानीकर्ताले बताए।

सम्भावित विवाद देखिँदादेखिँदै प्रहरीलाई जानकारी नदिई निजी सुरक्षा परिचालन गर्नुले कम्पनी सञ्चालकहरूको नियत प्रष्ट हुने ती लगानीकर्ताको भनाइ छ।

616564224 10242712320294120 8598184021683452498 n https://bajarkochirfar.com/synergy-powers-agm-postponed-again-investors-say-fight-after-old-director-refuses-to-step-down | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स