मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण माग्दै सर्वोच्चले दुवै पक्षलाई बोलायो

मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण माग्दै सर्वोच्चले दुवै पक्षलाई बोलायो
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै महामन्त्री पदबाट हटाउनुको कारण स्पष्ट पार्न भन्दै दुवै पक्षलाई अन्तरिम आदेशअघि छलफलका लागि असार १७ गते बोलाएको हो।

ढकालले आज बिहान सर्वोच्चमा रिट दायर गर्दै आफू नै रास्वपाको वैधानिक महामन्त्री रहेको दावी गरेका छन्। उनले रास्वपाको कार्यालय, महामन्त्री नियुक्त भएका कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएका छन्। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ।

पार्टीको कारवाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा पनि निवेदन दर्ता गराएका छन्। उनले आयोगलाई आफूविरुद्ध गरिएको कारवाहीसम्बन्धी कुनै पत्र अद्यावधिक नगर्न आग्रह गरेका छन्। रास्वपाले पार्टी अनुशासनविपरीत अभद्र व्यवहार र प्रतिकूल अभिव्यक्तिका आधारमा एक वर्षअघि ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो। तर ढकालले पार्टीको कारवाहीलाई अवैधानिक भन्दै चुनौती दिएका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स