सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट गत माघ २ गते गरिएको निर्णयसमेत झिकाएर पेस गर्न निर्देशन दिएको हो।
यसअघि महान्यायाधिवक्ता सबिता भण्डारी बरालले ३० पुसमा रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर त्यसको दुई दिनपछि, माघ २ गते भने लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन गर्ने निर्णय गरिएको थियो।
तर सर्वोच्च अदालतमा भने ३० पुसको निर्णय मात्रै पेस भएको पाइएपछि इजलासले माघ २ गतेको निर्णय पनि अनिवार्य रूपमा झिकाएर पेस गर्न आदेश दिएको हो।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया