लाभांश र हकप्रद सेयर पारित गर्न सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश र हकप्रद सेयर पारित गर्न सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११औँ वार्षिक साधारणसभा आउँदो फागुन १७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स् प्रा.लि. मा बिहान १० बजे बस्नेछ।

सभाले सञ्चालक समितिले सिफारिस गरेअनुसार चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यसैगरी कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गराउनेछ।

सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट मनोनयन भई रिक्त पदमा नियुक्त गरिएका सञ्चालकहरूको अनुमोदन गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

यसका अतिरिक्त कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने तथा सोहीअनुसार प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। बोनस तथा हकप्रद सेयर निष्काशन तथा पूँजी संरचना परिवर्तनसम्बन्धी विषयमा नियामक निकायबाट प्राप्त हुने सुझाव वा निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स