सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय लम्बाइएको छ। कम्पनीले पुस २२ गतेदेखि खुलेको बिक्रीमा अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर बिक्रीमा राखेको हो। यसमा १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ।
स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ४० प्रतिशत (६ लाख २० हजार कित्ता) लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दालाई र ६० प्रतिशत (९ लाख ३० हजार कित्ता) मर्स्याङ्दी गाउँपालिका १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया